नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन
काठमाडाैं | भदौ २०, २०७९
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा ओर्लेको छ । कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर रु ९० करोड ९९ लाख चार हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादन एक दशमलव ८७ र लघुवित्त दुई दशमलब पाँच अङ्कले उकालो लागेको छ ।
बैंकिङ एक दशमलव ३९, व्यापार आठ, होटल तथा पर्यटन आठ दशमलव शून्य पाँच, विकास बैंक १० दशमलव ८३, जलविद्युत् छ दशमलव एक, वित्त नौ दशमलव ८८, निर्जीवन बीमा चार दशमलव ३७, अन्य १५ दशमलव २१, जीवन बीमा पाँच दशमलव शून्य छ, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ३२ अङ्कले ओरालो लागेको छ ।
सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३० अर्ब छ करोड ५५ लाख ७८ हजार तीन सय ७७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९६ लाख ९४ हजार सात सय २१ बराबरको कारोबार भयो ।
यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स रु चार करोड ५९ लाख ७८ हजार छ सय ६४, नवील बैंक रु चार करोड ५६ लाख ५५ हजार पाँचसय ८६, नेष्डो समृद्धि लघुवित्त रु दुई करोड ८५ लाख सात हजार पाँच सय ५१ र नेपाल दूरसञ्चार कम्पनी रु दुई करोड २३ लाख १७ हजार चार सय ६६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव ४३, हिमालयन एभरेष्ट इन्स्योरेन्स तीन दशमलव ९३, रिडी हाइड्रोपावर तीन दशमलव २३, अप्पर सोलु खोला हाइड्रो दुई दशमलव ९२ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले दुई दशमलव ८७ प्रतिशतले कमाएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजना छ दशमलव ५५, आशा लघुवित्त तीन दशमलव ६६, जोशी हाइड्रोपावर तीन दशमलव शून्य चार, एनएमबी आइब्रिड फण्ड एक दुई दशमलव ७७ र ओरियन्टल होटलका लगानीकर्ताले दुई दशमलव ७४ प्रतिशतले गुमाएका छन् ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

